global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान स्थगित

प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान स्थगित

प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान स्थगित

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ । निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज साँझदेखि भोलि बिहान ६ बजेसम्मका लागि उडान स्थगित गरिएको जानकारी दिए। प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।

विगत १५ घण्टायता निरन्तरको वर्षाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् । आन्तरिकतर्फ अधिकांश विमानस्थलमा उडान हुन सकेन भने अन्तर्राष्ट्रिय उडानतर्फ केही विमान लामोसमय होल्ड भएर अवतरण गरेका थिए । क्यानका अनुसार हाल आन्तरिकतर्फ बिहान ६ बजेदेखि राति १० बजेसम्म उडान हुँदै आएको छ ।

प्रकाशित समय : २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु