काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी

3K
shares

बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार सातौं जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको १९औं मिनेटमा रोबेर्ट लेवानडोस्कीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि बार्सिलोनाको ला लिगामा ७ खेलमा २१ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । ७ खेल सकिदा रियल म्याड्रिड १७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी गेटाफेको भने ७ खेलमा यो तेस्रो हार हो । गेटाफे ७ खेलमा ४ अंकसहित १९औं स्थानमा रहेको छ ।