राससकर्मी पराजुली सम्मानित
वि.सं.२०८१ भदौ ३१ सोमवार १८:४१
shares
PEMA LAMA
सञ्चारकर्मको माध्यमबाट समाजमा योगदान पु(याएको भन्दै इँटा उद्योग व्यवसायीको साझा संस्था नेपाल इँटा उद्योग महासङ्घले राष्ट्रिय समाचार समिति राससका समाचारदाता राजकुमार पराजुलीसहित चार पत्रकारलाई सम्मान गरेको छ ।
आज काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको महासङ्घको १६औँ वार्षिक साधारणसभाको अवसरमा उहाँहरुलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरे ।
पत्रकारिताको माध्यमबाट समाजमा शिक्षा, स्वास्थ्य, कला, संस्कृति एवं पर्यावरण विषयमा लामो समयदेखि समाचार लेखन, प्रकाशन र प्रसारण गरी आम नागरिकलाई सुसूचित गर्दै जिम्मेवार सञ्चारकर्मीको भूमिका निर्वाह गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको महसङ्घले जनाएको छ ।

























