गृहपृष्ठ सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
साताको पहिलो कारोबार दिन आईतबार सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबारको बजारमा छापावाला सुन एक लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७९५ रुपैयाँमा झरेको हो । शुक्रबार चाँदी तोलामा एक हजार ८२० रुपैयाँ कायम भएको थियो ।
प्रकाशित समय : ११:२८ बजे



















