काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्वरेजको दुई गोलमा इन्टर मियामीको सहज जित

3.42K
shares

अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले अर्को जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले सिकागो लाई ४(१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लुइस स्वरेजले २ गोल गरेका थिए भने रोबर्ट टेलरले एक गोल गरेका थिए । त्यस्तै एक गोल सिकागोका टोबिआस सालक्विस्टले आत्मघाती गोल गरेका थिए ।

त्यसैगरी सिकागोका लागि एक गोल जर्गीओस कोउटीसिआसले गरेका थिए ।

इन्टर मियामी पछिल्ला खेलहरुमा आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना नै खेलिरहेको छ । मेसी इन्जुरीका कारण टिमबाट बाहिर रहेका छन् । मिडिया रिपोर्टका अनुसार मेसी छिटै मैदानमा फर्किने क्रममा रहेका छन् ।

यो जितपछि इन्टर मियामी इस्टर्न कन्फेरेन्समा २७ खेलमा ५९ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै सिकागोको २७ खेलमा २६ अंक रहेको छ र १४औ स्थानमा रहेको छ ।