global ime bank Long Banner Ad

गृहपृष्ठ अर्थतन्त्र लयमा फर्किएको शुभ संकेत देखिदैछ : कृष्णमान श्रेष्ठ

अर्थतन्त्र लयमा फर्किएको शुभ संकेत देखिदैछ : कृष्णमान श्रेष्ठ

अर्थतन्त्र लयमा फर्किएको शुभ संकेत देखिदैछ : कृष्णमान श्रेष्ठ

नाकाबन्दी, भुकम्प, कोभिड १९ ले शिथिल बनाएको अवस्थामा फेरि आर्थिक मन्दी छाएको अवस्था छ । यो समयमा सबै व्यवसायीले सकारात्मक सोच बनाउने, आत्मबल बढाउनुपर्छ । नेपाल सरकारले व्यवसायमैत्री कानुन, निति निर्माण गर्न पहल गरिदिनुपर्ने देखिन्छ । राजनितिक दलहरु पनि आर्थिक अवस्था चलायमान गर्नका लागि सकारात्मक सोच राखेर एकै ठाउमा उभिएर सरकारलाई सहयोग गर्नुपर्ने देखिन्छ ।

मुख्यत् सरकारको बजेट नै हो । बजेटले मुलुकको अर्थतन्त्रलाई गाईड गर्ने हो । तर अर्थमन्त्रीले पार्टी पक्षपोषण गर्ने किसिमको, सबै पार्टीहरुलाई रिझाउने र मुलुकको सम्पूर्ण विकास गर्ने खालका कुराहरु संसदमा पनि उठ्ने गरेको छ ।

चालु आवको बजेट आर्थिक वृद्धिदर र घाटाको बजेट ल्याएको छ । यो घाटाको बजेट आन्तरिक ऋण, वैदेशिक अनुदानबाट पूर्ति गर्ने भन्ने कुराको सवालमा यो अलि सम्भव हुदैन थियो । यो निजि क्षेत्रलाई मार पर्ने थियो भन्ने त्यतिबेला प्रतिक्रिया आएकै हो । यसलाई मौद्रीक नितिबाट केही हदसम्म सहजीकरण हुन्छ भन्ने अपेक्षा निजि क्षेत्रको छ । निजि क्षेत्रको छाता संगठनले पनि तत्कालिन अर्थमन्त्रीलाई भेटेर ४० बुँदे सुझावपत्र पेश गरेका छौँ । तत्कालिन प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पनि ४६ बुँदे सुझाब पत्र पेश गरेको अवस्था छ । सबै पार्टी प्रमुखहरुलाई पनि चेम्बर अफ कमर्शको तर्फबाट सुझाब दिने काम जारी छ ।

मुलुकको अर्थतन्त्र जुन दिशातिर उन्मुख हुनुपर्ने थियो । जुन लचक हुनुपर्ने थियो । जुन पोलिसि आउनुपर्ने थियो । निति निर्माणमा ध्यान दिनुपर्ने थियो । त्यसमा चुकेको अवस्था देखिन्छ । त्यसमा निजि क्षेत्र पर्ख र हेरको अवस्थामा छ । अहिले जतिपनि बैकमा तरलताको अवस्था रहेको छ । त्यसले अनुपात हेर्ने हो भने निरन्तर रहेको देखिन्छ । अहिले सेयर बजारमा उत्साहजनक बृद्धि आएको छ । यस्तै गरि आर्थिक रुपमा चलायमान बनाउनुपर्छ । त्यसैगरी घरजग्गाको कारोबार बढाउन प्रयत्न गर्ने विभिन्न नितिहरु अवलम्बल गरियो भने त्यसबाट सिमेन्ट फ्याट्रिहरु चल्ने, डण्डीहरुको कारोबार बढ्ने, काठको चौकोश, रंगरोगन, त्यसमा लाग्ने मिश्रीहरु जुन एउटा श्रृखंला छ त्यो श्रृखंला तात्थ्यो र बजार चलायमा हुन सक्ने अवस्था थियो । त्यो गर्नका लागि राज्यले गम्भिरतापूर्वक नितिहरु निर्माण गर्नुपर्ने हुन्छ । व्यवसायीहरुले पनि व्यवसायीक छाता संगठनसँग, विभिन्न संस्थाहरुसँग सल्लाह सुझाव लिइरहेको अवस्था छ । यसले स्थायी रुपमा शुभसंकेतहरु आउने अपेक्षा छ ।

अर्थतन्त्र लयमा फर्किएको शुभ संकेत देखिन थालेको छ । पहिलो कुरा सेयर बजारको राम्रो संकेत देखियो भन्ने छ । दोस्रो घरजग्गाको कारोबार पनि सुरुवात भएको छ भन्ने कुराहरु आइरहेका छन् । यो हिसाबले शुभसंकेत आउनुपर्छ भन्ने छ । सबैले सकारात्मक ढंगबाट प्रस्तुत गर्दै यो वातावरण बनाउने कुरा भयो भने लयमा आउँछ भन्ने हाम्रो एकिन छ ।

सोचेजति बैदेशिक लगानी भित्रिएन्
लगानी सम्मेलनमा व्यापक सहभागिता भएको हो । यसमा सोचेजस्तो बैदेशिक लगानी प्राप्त भएको अवस्था छैन् । स्थायी सरकारको जुन बनोट छ त्यहि अनुसार बैदेशिक लगानी पनि भित्रिन्छ भन्ने आंकलन छ ।

जतिपनि व्यवसायी उद्यमीहरु संलग्न हुनुहुन्छ । उहाँहरुले आर्थिक रुपमा समृद्ध हुनुपर्छ भन्ने विषयमा सबैको चिन्ता र चासो छ । यसमा लगनशिल पनि हुनुहुन्छ । यही बिचमा नेपाल चेम्बर अफ कमर्शले आपसमा छलफल गरेर हुनेसम्मको वातावरण बनाउनका लागि विभिन्न चरणमा छलफल गरिरहेको छ । गोष्ठि सेमिनार गरिरहेका छौँ । राष्ट्रका प्रमुखहरुलाई भेटिरहेका छौँ ।विदेशी राजदुतहरुलाई पनि भेटिसकेका छौँ । यो वातावरण बनाउनका लागि जतिपनि उद्यमीहरु हुनुहुन्छ उहाँहरुलाई पनि आग्रह गरिरहेका छौँ र अहिले अब वातावरण ठिक छ भनेर हामीले लबिङ गरिरहेका छौँ। पहल गरिरहेका छौँ । अब यसको शुभसंकेतहरु देखिदैजान्छ ।

सरकारले व्यवसायीमैत्री काुनन निर्माण गर्नुपर्यो । निजि क्षेत्रको अभिभावक भनेको नेपाल सरकार हो । जुन तीन खम्बिए अर्थनिति भनेर सहकारी र निजि क्षेत्रलाई लिइएको थियो । सहकारीको जुन अवस्था अहिले सिर्जना भएको कारणले मानिसहरुसँग घरखर्च गर्नेदेखि लिएर कुनैपनि आर्थिक गतिविधिमा संलग्न हुने पैसा समेत निकाल्न नसक्ने अवस्था सिर्जना भएको छ । यसलाई समयमै लयमा ल्याउने र नियमन अनुगमन गर्ने र सहज वातावरण गर्नेदेखि निजि क्षेत्रको जुन ८०÷८५ प्रतिशत योगदान छ । उहाँहरुसँग छलफल गरेर व्यवसायीमैत्री कानुन अथवा निति निर्माण गर्नका लागि यथासक्य छिटो गरियो भने लयमा आएर गति लिन्छ भन्ने लाग्छ । र त्यो गति लिनका लागि सबै दलले सरकारलाई सघाउने र व्यवसायीमैत्री कानुन ल्याउने सवालमा सरकारले अभिभावकिय भुमिका निर्माण गर्नुपर्छ भन्ने लाग्छ ।

अहिले जतिपनि कुराहरु छ । मुख ताक्ने भन्दा पहिले सबैले म बाट सुरुवात गर्नुपर्ने देखिन्छ । जनताले पनि आआफनै ढंगले गर्ने । व्यवसायीहरुले पनि आआफनै ढंगले गर्ने । राजजनितिक दलहरुले पनि आआफनै भुमिका निर्वाह गर्ने । सरकारले पनि आफनो भुमिका निर्वाह गर्नुपर्छ । सरकारले अध्ययन अनुसन्धान गरेर कुनैपनि ठाउमा नचुकिकन देश र जनताका लागि समपर्ण गर्न र व्यवसायी र जनतामैत्री कानुन र निति निर्माण गर्नुपर्ने कुरामा जोड दिन चाहान्छु । यो विश्वास दिलाउनका लागि एक अंकको व्याजदरदेखि चालु पुँजिको नियमलाई संशोधन गर्ने र धितो मुल्याकंन गर्ने परिपाटीमा सरलीकृत गर्ने, व्यवसाय बच्ने वातावरण गरिएमा देश बचाउन सकिन्छ भन्ने सोच राख्नुपर्छ । तुलनात्मक रुपमा जुन क्षेत्रमा अधिक उत्पादन हुन्छ । उत्पादनमुखि क्षेत्रमा लगानी गर्नका लागि निति निर्माण गरि युवाशक्तिलाई परिचालन गर्ने किसिमको पोलेसि बन्नुपर्छ । विदेशबाट फर्किएर आएकाहरुलाई एपोर्टमै पहिचान गरि सुचिकृत गर्नुपर्छ । कुन विषयमा ज्ञान र सिप हासिल गरेको छ । त्यो सिप र ज्ञानअनुसारको फेरि यही देशमा स्टाफलिस गर्नुपर्छ । यसमा श्रम र पुँजी लगानीका लागि प्रोत्साहित गर्ने खालको पहिचान गरेर निति निर्माण भयो भने आर्थिक रुपमा लय आउने र चलायमान हुनेमा विश्वस्त छौँ ।

(नेपाल चेम्बर अफ कमर्श काठमाडौंका सभापती कृष्णमान श्रेष्ठसँग न्युजकारोबारकर्मीले गरेको कुराकानीमा आधारित)

 

प्रकाशित समय : १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु