गृहपृष्ठ जसपा नेपालका केन्द्रीय सदस्यलाई सङ्घीय प्रणालीबारे प्रशिक्षण
जसपा नेपालका केन्द्रीय सदस्यलाई सङ्घीय प्रणालीबारे प्रशिक्षण
जनता समाजवादी पार्टी ९जसपा० नेपालको जारी केन्द्रीय समिति बैठकमा सङ्घीय प्रणालीको अभ्यास र महत्वबारे नेताहरुलाई प्रशिक्षण दिइएको छ ।
ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा गत आइतबारदेखि सुरु भएको बैठकको तेस्रो दिन आज राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले सङ्घीय प्रणालीको अभ्यास, आवश्यकता, महत्व र यसको कार्यान्वयनको चरणलगायतका विषयमा केन्द्रीय सदस्यलाई प्रशिक्षण दिएको जसपा नेपालले जनाएको छ ।
बैठकमा अध्यक्ष उपेन्द्र यादवले बैठकमा प्रस्तुत गर्नुभएको राजनीति प्रतिवेदनमाथि छलफल सुरु भएको थियो । देशैभरिबाट सहभागी दुई सय १५ जना केन्द्रीय सदस्यको रायसुझावसहित सो प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको छ ।
अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति बैठकमा ६१ बुँदे राजनीतिक प्रस्ताव पेस गरे । प्रस्तावमा सङ्घीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारणलगायत विषय उल्लेख छन् । साथै सङ्गठन निर्माण अभियान चलाउने प्रस्तावसमेत छ ।
प्रकाशित समय : १९:१४ बजे



















