nmb bank

गृहपृष्ठ माओवादी स्थायी समिति बैठक : अध्यक्ष ‘प्रचण्ड’को नेतृत्वमा एकताबद्ध हुन आग्रह

माओवादी स्थायी समिति बैठक : अध्यक्ष ‘प्रचण्ड’को नेतृत्वमा एकताबद्ध हुन आग्रह

माओवादी स्थायी समिति बैठक : अध्यक्ष ‘प्रचण्ड’को नेतृत्वमा एकताबद्ध हुन आग्रह
 पछिल्लो राजनीति परिस्थितीलाई सही दिशामा अघि बढाउन र नेकपा ९माओवादी केन्द्र० को गतिविधिलाई  प्रभावकारी तुल्याउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सङ्गठिन हुनुपर्नेमा जोड दिइएको छ ।
माओवादी केन्द्रको स्थायी समितिको आजको बैठकमा आफ्ना धारणा राख्ने सबै सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गरेर पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमै एकताबद्ध आग्रह गरे ।
उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दी तोड्नका लागि पनि पार्टी अध्यक्ष प्रचण्डले नै खास पहल लिनुपर्ने र उनको नेतृत्वको विकल्प तत्काल खोज्न नहुने धारणा राखेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए  ।
पार्टी उपाध्यक्षसमेत रहनुभएका प्रवक्ता सापकोटाका अनुसार पार्टी नेताहरूले आफ्ना धारणा राख्ने क्रममा सत्ता गठबन्धनले संविधान संशोधनका उठाएको सन्दर्भमा पार्टी अध्यक्षलाई थप बलियो बनाउनुपर्नेमा विकल्प खोज्ने विषय उठाउनु गलत हुने बताएका थिए ।
बैठकमा खासगरी, उच्चस्तरीय जनवादको अभ्यास भएको र सोही आधारमा उच्चस्तरको केन्द्रीकरण पैदा भएको जानकारी दिँदै प्रवक्ता सापकोटाले पार्टीको राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाएर लानुपर्नेमा नेताहरूले जोड दिएको बताए ।

प्रकाशित समय : १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु