global ime bank Long Banner Ad

गृहपृष्ठ सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथ आज

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथ आज

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथ आज

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । एमाले काँग्रेस गठबन्धनबाट आइतबार मुख्यमन्त्री नियुक्त भएका उनको अपराह्न ४ बजेपछि शपथ ग्रहण कार्यक्रम तय भएको शाहको सचिवालयले जनाएको छ ।

दोस्रो पटक मुख्यमन्त्री बनेका शाहले सोमबार नै मन्त्रिपरिषद्लाई पनि पूर्णता दिने तयारी गरेका छन् । मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ गराउने तयारी छ ।

सात सदस्यीय मन्त्रिपरिषदमा काँग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एउटा मन्त्रालय दिने गरी दलहरुबीच भागवण्डा टुंगिएको छ ।

 

प्रकाशित समय : ०९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु