गृहपृष्ठ बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको दिनुभएको राजीनामा स्वीकृत गर्नुहुँदै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि साउन ८ गते साँझ ५ बजेसम्मको समय तोकेका छन् ।

नयाँ राजनीतिक समीकरणअनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले आज दिउँसो प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाएका थिए ।

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गरी अर्को सरकार गठन नहुञ्जेलसम्म उनलाई काम चलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रकाशित समय : १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु