गृहपृष्ठ रहरले नभई आवश्यकताले संविधान संशोधनः प्रधानमन्त्री ओली
रहरले नभई आवश्यकताले संविधान संशोधनः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्तावेज रहेको र जनताको आवश्यकतालाई मध्यनजर गर्दै परिमार्जन गर्न सकिने बताए ।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्य पुष्टि हुनेगरी सकभर सर्वसम्मतिबाट संविधान संशोधन हुने बताए ।
“संविधान संशोधनीय, गतिशील र जीवन्त दस्ताबेज हो । यो आवश्यकता र जनताको मागअनुसार संशोधन हुन्छ । संशोधन रहरको विषय होइन । आवश्यकताको विषय हो”, प्रधानमन्त्री ओलीले भभने, “कुनै आग्रह पुर्वाग्रह राखेर संविधान संशोधन यस्तो(उस्तो गर्ने भन्दैनौ । देशको आवश्यकता, विकासका माग सम्बोधनका लागि जे गर्दा उपयुक्त त्यहि गर्नुपर्छ ।”
प्रकाशित समय : १८:२० बजे


















