global ime bank Long Banner Ad

गृहपृष्ठ आदिकवि भानुभक्तको सालिकमा माल्यार्पण

आदिकवि भानुभक्तको सालिकमा माल्यार्पण

आदिकवि भानुभक्तको सालिकमा माल्यार्पण

आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा दरबार हाईस्कुलमा रहेको उनको सालिकमा माल्यार्पण गरिएको छ ।

नेपाल शिक्षा परिषद्को आयोजनामा आज बिहान आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीले आचार्यको सालिकमा माल्यार्पण गरे । भानुभक्तको सालिकमा माल्यार्पण गर्दै पूर्वउपकुलपति उप्रेतीले नेपाली भाषाको विकास गरी नेपालीलाई एकताबद्ध गर्न आदिकविको ठूलो योगदान रहेको बताए । उनले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको उल्लेख गरे ।

नेपाल शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले आदिकवि आचार्यलाई सम्पूर्ण नेपालीले सदैव स्मरण गर्नुपर्ने बताए । विसं २०१६ मा नेपाल शिक्षा परिषद्ले दरबार हाईस्कुल अगाडि निर्माण गरेको भानुभक्तको सालिकको प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले अनावरण गरेका थिए ।

विसं २०१६ देखि यहाँ भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरिँदै आएको परिषद्का सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिए ।

Published Time: 10:42 AM

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु