global ime bank Long Banner Ad

गृहपृष्ठ महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने

महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने

महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ;~rf/sdL{;Fu ;efklt b]pjf gf/fo0fu9 -lrtjg_ !* kmfu'g M k"j{ k|wfgdGqL Pjd sfFu|]; ;efklt z]/axfb'/ b]pjf z'qmaf/ lrtjgsf] e/tk'/ ladfg:yndf ;~rf/sdL{;Fu ;d;fdlos ljifodf s'/fsfgL ub}{ . tl:a/ M ;gb clwsf/L÷/f;;

नेपाली कांग्रेसले महासमितिबाट पारित गरेको दस्तावेजलाई केन्द्रीय समिति बैठकमा लैजाने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीको आज बसेको बैठकले सो निर्णय गरेको हो । 

बैठकले ती दस्तावेजलाई अन्तिम रूप दिन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सञ्चारकर्मीलाई जानकारी दिए। 

बैठकले पार्टीका धेरै जसो भ्रातृ संस्थाका केन्द्रीय समितिको समयावधि समाप्त भएकाले थप गर्ने विषयमा छलफल भएको पनि उनले बताए। 

यसैगरी नेपाल सरकारले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) का सम्बन्धमा छलफल गरिरहेको सन्दर्भमा बैठकले ऋण नभई अनुदान सहयोग मात्र लिन सकिने धारणा बनाएको नेता विश्वकर्माले जानकारी दिए ।

प्रकाशित समय : १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु