global ime bank Long Banner Ad

गृहपृष्ठ कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड

कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड

कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवं उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।

एककाइसौँ राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान महासङ्घले लिखु गाउँपालिका–६ मा आयोजना गरेको रोपाइँमा जनशक्ति र यान्त्रिकीकरणबीचको समन्वयकारी भूमिकाबाट कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्ने बताए । ‘नयाँ प्राविधिको प्रयोगमा किसानलाई जोड्नुपर्छ’, उनले भने, ‘जनशक्ति घट्दा खेतीयोग्य भूमि बाँझै छन् । यन्त्रको सहयोगले बढीभन्दा बढी भूमिमा खेती गरेर उत्पादकत्व बढाउन लाग्नुपर्छ ।’

‘ किसानले रासायनिक मल खरिद गर्न धेरै लगानी र समय खर्चेका छन्’, उनले भने, ‘गोठमै बनाउन सकिने कम्पोस्ट मल र प्राङ्गारिक झोल मल बनाउन किसानलाई सरकारको सहयोग आवश्यक छ ।’ उनले बीउ, मल, सिँचाइ र उत्पादित कृषि उब्जनीको बजारीकरणको समस्यालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने उनले बताए ।

प्रकाशित समय : १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु