काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाबुरामले प्रचण्डलाई  बुझाए ज्ञापनपत्र, बुढीगण्डकी आयोजना अघि बढाउन भदौसम्मको अल्टिमेटम

3.89K
shares

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन्।

उनले अधिकार सम्पन्न विकास प्राधिकरण गठन गरेर आयोजनाको काम अगाडि बढाउन ज्ञापनपत्रमार्फत शुक्रबार प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन्।

ज्ञापनपत्रमा विदयुत प्राधिकरण अन्तर्गत खडा गरिएको सहायक कम्पनी खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न, आयोजनाको काम तीव्रताका साथ अगाडि बढाउन र आयोजना प्रभावित नागरिकहरूका जायज माग यथाशिघ्र सम्बोधन गर्न आग्रह गरिएको छ।

यसका लागि डा. भट्टराईले प्रचण्डलाई भदौ मसान्तसम्मको समय दिएका छन्। अन्यथा असोज १ देखि सशक्त आन्दोलन गर्ने भट्टराईको चेतावनी छ।

‘उपरोक्त माग सरकारले भाद्र महिनाभित्र पूरा गरोस् भन्ने हाम्रो जोडदार आग्रह छ। अन्यथा, यो आयोजनाको प्रमुख पहलकर्ता हुनुको नाताले यस आयोजनाका सबै सरोकारवालाहरुका साथ आगामी आश्विन १ गतेबाट सशक्त आन्दोलनमा होमिन बाध्य हुने जानकारी समेत यसै ज्ञापनपत्रमार्फत् गराउँदछौं,’ उनले ज्ञापनपत्रमा भनेका छन्।

सरकारले आयोजना अगाडि बढाउन कम्पनी खडा गरेपनि अहिलेसम्म लगानीको मोडल नै तय हुन सकेको छैन। जबकि आयोजनाका नाममा ४० अर्ब रुपैयाँभन्दा बढी मुआब्जा वितरण गरिसकिएको छ। आयोजना बनाउन ३ खर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ।