काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अस्ट्रेलियासँगको ‘मतभेद हटाउन’ चिनियाँ प्रधानमन्त्रीको आग्रह

4.94K
shares

चीनका प्रधानमन्त्री ली छ्याङले शनिबार आर्थिक अवसरहरूको वाचामा केन्द्रित भ्रमणको सुरुआत गर्दै अस्ट्रेलियासँगको ‘मतभेदहरू हटाउन’ आह्वान गरेको छ ।

चार दिने कूनीतिक भ्रमणका लागि एडिलेडमा अवतरण गरेपछि प्रधानमन्त्री लीले चीनद्वारा प्रमुख अस्टे«लियाली निर्यातहरूविरुद्ध दण्डात्मक व्यापार प्रतिबन्ध हटाएसँगै मेलमिलापको प्रस्ताव गरे ।
“पारस्परिक सम्मान र साझा आधार खोज्दै मतभेदहरू मेटाउने चीन–अस्ट्रेलिया सम्बन्धमा पारस्परिकरूपमा लाभदायक सहयोगका रूपमा रहेको बहुमूल्य अनुभवलाई अगाडि बढाउनुपर्छ”, उनले लिखित आगमन वक्तव्यमा भने “अधिक परिपक्व, स्थिर र फलदायी व्यापक रणनीति साझेदारी दुवै मुलुकका जनताद्वारा साझा गरेको खजाना हुनेछ ।”

राष्ट्रपति सी जिनपिङपछि चीनको दोस्रो सबैभन्दा शक्तिशाली नेता ली संसाधन सम्पन्न महादेश अस्ट्रेलियामा आफ्नो कूटनीतिक मिसनको सरुआतमा एडिलेड पुगेको छ । सन् २०१७ पछि अस्ट्रेलियाको भ्रमण गर्ने उच्च पदस्थ चिनियाँ अधिकारी हुन् ।

चीनले पूर्व कन्जरभेटिभ सरकारसँग कूटनीतिक मतभेदका क्रममा सन् २०२० मा वाइन, काठ, जौ र गाईको मासु निर्यातमा लगाइएको व्यापार प्रतिबन्धलाई क्रमशः हटाएको छ । यी उपायले अस्ट्रेलियाली निर्यातकहरूलाई प्रतिवर्ष २० अर्ब अस्ट्रेलियन डलर ९१३ अर्ब अमेरिक डलर० खर्च गर्ने अनुमान गरिएको छ ।

सन् २०२२ मा प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकार सत्तामा आएपछि र बेइजिङप्रति नरम कूटनीतिक दृष्टिकोण अपनाएपछि दुवै मुलुकबीच आर्थिक सम्बन्धमा सहजता आएको छ ।