मधेश सरकार अल्पमतमा, एमाले नेतृत्वमा आज चार दलले दावी पेश हुने
वि.सं.२०८१ वैशाख ३१ सोमवार ०८:३१
shares

मधेश सरकार अल्पमतमा, एमाले नेतृत्वमा आज चार दलले दावी पेश हुने
मधेश प्रदेश सरकारमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष चार दलले आज दाबी पेश गर्ने भएको छ ।नेकपा एमाले र नेकपा माओवादी केन्द्र आइतबार मधेश सरकारबाट बाहिरिएका थिए । साथै, मधेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ । समर्थन फिर्ता लिएलगत्तै दुबै दलले जनमत पार्टी र लोसपासँग छलफल गरेको थियो ।
आइतबार भएको छलफलमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव नेतृत्वमा नयाँ सरकार बनाउने टुंगो लागेको हो । नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दावी पेश गरिने एमाले केन्द्रीय सदस्य सञ्जिव झा ‘सुरज’ले बताए ।
मधेश प्रदेशमा १०७ सांसद छन् । सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ । तर, सरकारको दावी गर्न लागेका चार दलसँग ५५ सांसद छन् ।
अहिले जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । सत्ता गठबन्धनका एमाले र माओवादीले सरकार छाडेपनि नेकपा एकीकृत समाजवादीले भने समर्थन कायमै राखेको छ । यद्दपी, मुख्यमन्त्री यादव अल्पमतमा परेका छन् ।

























