काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतले प्याजमा ४० प्रतिशत निर्यात शुल्क बढाउँदा नेपाली बजारमा मूल्य बढ्ने

4.49K
shares

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । ४० प्रतिशत निर्यात शुल्क बढाएर भारतले प्याजमा लगाएको प्रतिबन्ध हटाएको हो ।

अब भारतबाट प्रतिटन ७ सय ७० अमेरिकी डलर भन्दा कम मूल्यमा प्याज निर्यात हुन नसक्ने बताइएको छ ।

भारत सरकारले सन् २०२४ मा प्याजको उत्पादन बढ्न थालेको भन्दै निर्यात शुल्क बढाएर प्याज निर्यातमा लगाएका सबै प्रतिबन्ध हटाएको बीबीसी हिन्दीले जनाएको हो । यसअघि निर्यात हुने प्याजको मूल्य ५ सय ५० अमेरिकी डलरमा ४० प्रतिशत निर्यात मूल्य थपेर ७ सय ७० अमेरिकी डलर पुर्‍याएको हो ।

भारतले निर्यातमा शुल्क बढाउँदा प्याजमा भारतसँग आश्रित रहेका विभिन्न देशमा प्याजको मूल्य बढ्न सक्ने भएको छ ।

नेपाली बजारमा समेत यसको असर पर्ने देखिएको छ । यो वर्षको शुरुवातमै भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको त्यहाँको वाणिज्य मन्त्रालयले जनाएको छ । सरकारी अनुमान अनुसार सन् २०२४ को यस सिजनमा एक सय ९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रतिमहिना औसत १७ लाख टन प्याज खपत हुने गरेको छ ।