काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एप्पलको बिक्री तीन महिनामा १० प्रतिशतले घट्यो

4.85K
shares

एप्पलको बिक्री विश्वभर नै घट्न थालेको बताइएको छ । कम्पनीले हालै २०२४ को पहिलो तीन महिनाको रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा १० प्रतिशतले माग घटेको जनाएको छ । युरोप वाहेक अन्य सबै क्षेत्रमा ब्यापार घटेको रिपोर्टमा जनाइएको छ ।

कम्पनीको रेभेन्यु यस अवधिमा ४ प्रतिशत घटेर ७२.५ बिलियन पुगेको पनि एप्पलले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । एक वर्षभन्दा बढीको समयमा यो सबैभन्दा ठूलो गिरावट हो ।

यद्यपि न्युयोर्कमा एप्पलको सेयर बढेको भन्दै यो परिणाम अपेक्षा गरेजस्तो कम नभएको बताइएको छ । यस्तै कोरोना महामारी सम्बन्धी वितरण अवरोधका कारण कम्पनीको ब्यापार नतिजा बिग्रिएको कम्पनीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । जवकि गत वर्ष सोही अवधिमा एप्पलले ब्यापार बलियो बनाएको थियो ।

तर कम्पनीले एआईमा लगानी तथा उत्पादनलाई लक्षित गर्दै आगामी महिनाहरुमा ब्यापारको गति सामान्य रुपमा फर्किने पनि अपेक्षा गरेको छ ।

यससँगै सबैभन्दा ठूलो बजार रहेको चीनमा पनि एप्पलको ब्यापार घटेको थियो । जहाँ ८ प्रतिशतले बिक्रीमा गिरावट आएको छ । एप्पलका सिईओ टिम कुकले रिपोर्ट सार्वजनिक गर्दै दिर्घकालीन रुपमा चीनको बारेमा राम्रो दृष्टिकोण राख्ने प्रतिक्रिया दिएका छन् । साथै चीनको प्रमुख बजारमा आईफोनको बिक्री बढेको पनि सिईओ कुकको भनाइ थियो ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा हुवाए जस्ता स्थानीय कमपनीहरुसँग एप्पलले प्रतिस्पर्धा गरिरहेको छ । यसबीचमा एप्पलले आफ्नो एप स्टोर शूल्कको विषयलाई लिएर अमेरिका र युरोपमा नियामक निकायहरुसँग कानुनी संघर्ष गर्नुपरेको छ ।

एप्पलका फाइनान्स चिफ लुका माएस्ट्रीले एप्पलको बिक्री जुनसम्म बिक्री बढ्ने अपेक्षा गरिएको बताएका छन् । यस क्रममा कम्पनीको सेवा व्यवसायमा दोहोरो अंकले वृद्धि हुने अपेक्षा गरिएको बताए ।