काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

व्यासका आठ सय जनालाई अपाङ्गता परिचयपत्र

4.24K
shares

तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । आर्थिक वर्ष २०७९/८० मा आठ सय २५ र चालु आवको वैशाख २१ सम्म ५७ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको हो ।

निवेदन दिएपछि अपाङ्गता समन्वय समितिको बैठकले शारीरिक अवस्था हेरी परिचयपत्र दिने गरेको व्यास महिला बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाकी अधिकृत एवं समितिकी सदस्य सचिव राधा आचार्यले जानकारी दिए । अपाङ्गता परिचयपत्र लिएमध्ये ‘क’ वर्गका एक सय ३५ जना छन् । ‘ख’ वर्गका तीन सय ३८, ‘ग’ वर्गका दुई सय २६ र ‘घ’ वर्गका एक सय १६ जना रहेका छन् । त्यसैगरी चालु आर्थिक वर्षमा ५७ जनालाई परिचयपत्र वितरण गरिएको छ । जसमा ‘क’ वर्गका आठ, ‘ख’ वर्गका २३, ‘ग’ वर्गका १९ र ‘घ’ वर्गका चार जना रहेका छन् ।

सङ्घीय सरकारले ‘क’ वर्गका अपाङ्गतालाई मासिक तीन हजार नौ सय ९०, ‘ख’ वर्गकालाई रु दुई हजार एक सय २८ र ‘ग’ वर्गकालाई चार हजार सामाजिक सुरक्षाभत्ता प्रदान गर्दै आएको छ । ‘घ’ वर्गका अपाङ्गता व्यक्तिलाई भत्ताको सुविधा नभए पनि स्वास्थ्य सेवालगायतका सुविधा पाउन सहज हुने व्यासकी उपप्रमुख इन्दिरा दरैले जानकारी दिए।