nmb bank

गृहपृष्ठ सर्लाहीका अग्नि पीडितलाई सशस्त्र प्रहरीको राहत वितरण

सर्लाहीका अग्नि पीडितलाई सशस्त्र प्रहरीको राहत वितरण

सर्लाहीका अग्नि पीडितलाई सशस्त्र प्रहरीको राहत वितरण

सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई बैशाख २२ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ ।

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले आगलागीबाट पीडित ५० घर परिवारलाई राहत स्वरुप लत्ताकपडा, भाडावर्तन लगायतका सामान वितरण गरेका थिए ।

नायव महानिरीक्षक शाहले जस्तोसुकै आपत विपद्‍मा परेका नागरिकहरुको उद्धार र सहयोगको लागि सशस्त्र प्रहरी सदैव तयार रहेको बताए ।

सो कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहार लाल यादव, नं। १० गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद खनाल लगायत स्थानीय भद्रभलाद्मीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु