काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

7.2K
shares

दश वर्ष कोरिया बसेर फर्कनुभएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेको छ । वालिङ नगरपालिका–४ रत्नेथुम्काका विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेको हो ।

“दक्षिण कोरियामा निर्माण क्षेत्रमा काम गरेता पनि फुर्सदमा त्यहाँका कृषि फार्ममा पनि काम गरेर अनुभव लिएको थिएँ”, त्यहाँ सिकेको ज्ञान अहिले आफ्नै जन्मभूमिमा फर्केर प्रयोग गरी आम्दानीसित जोडिएको छ । कोरियाबाट ड्रागनखेती गर्ने सोच लिएर आएका दुई वर्षअघि तीन सय बिरुवा लगाएको थियो । बिरुवाले प्रशस्त फल दिएपछि त्यसलाई विस्तार गर्दै हाल पाँच रोपनीमा एक हजार बिरुवा लगाएको छ ।

“नयाँ फल भएकाले स्थानीय बजारमा यसको खपत भएको छ”, उनले भने, “गत वर्ष घरबाट नै डेढ क्विन्टल बिक्री गरेको थिएँ यस वर्ष पाँच क्विन्टल बिक्री गर्ने लक्ष्य छ ।” सुरुमा आफूले उत्पादन गरेको फलका बारेमा बुझाउँदै हिँड्नु परे तापनि अहिले उत्पादन हुनासाथ घरबाटै बिक्री हुने गरेकाले बजारको समस्या नभएको उनले बताए । प्रतिकेजी पाँच सयका दरले बिक्री गर्दै आएका मागअनुसार आपूर्ति गर्न नसकको बताए ।

छ लाखको लागतमा व्यावसायिक खेती थालेका थापालाई ‘फार्म’को सुरक्षाका लागि वालिङ नगरपालिकाले तारबार गर्न तीन लाख उपलब्ध गराएको छ । वडा कार्यालयले पनि सिँचाइका लागि सहयोग गरेको बताए ।ड्रागन फ्रुटसँगै खाली रहेको जमिनमा कोरियाली साग ९फेछु० र चिनियाँ साग पनि लगाएको छ । “ड्रागन फ्रुटका बोटका बीचमा साग लगाएको छु, त्यसको माग अत्यधिक छ”, “तीन–तीन महिनामा साग बेचेर एक लाख आम्दानी गर्दै आएको छु ।” उनले भने ।

साग पनि स्थानीय व्यापारीले घरमै आएर किन्ने गरेका छन् । फार्ममा सेतोपातीको समेत व्यावसायिक उत्पादन गर्दै आएको छ । काटेर सुकाएको सेतोपाती प्रतिकेजी एक सयका दरले बिक्री हुने गरेको छ । “अहिले उत्पादन भएको ड्रागन फ्रुटलगायत कृषिजन्य उत्पादन नजिकैको बजारमा खपत भइरहेको छ, अब व्यवसायलाई विस्तार गर्ने सोचमा छु”, उनले भने।