अमेरिकी डलर ठगी मुद्दामा अर्बपति ट्रुओङलाई मृत्युदण्ड
वि.सं.२०८० चैत २९ बिहीवार १९:५४
shares

भियतनाममा एक महिलालाई ४४ अर्ब अमेरिकी डलर ठगी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ ।
६७ वर्षीय ट्रुङ माइ ल्यानलाई ११ वर्षको अवधिमा देशको सबैभन्दा ठूलो मध्येको एक बैंक लुटिएमने मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको हो । उनी भियतनाममा आर्थिक अपराधसम्बन्धी मुद्दामा मृत्युदण्ड सुनाइएका थोरै महिलामध्ये एक बनेकी छन् ।
ट्रुङ माइ ल्यानलाई साइगन कमर्सियल बैंकबाट ४४ अर्ब अमेरिकी डलर ऋण लिएको अभियोगमा दोषी ठहर गरिएको हो ।उनले २७ अर्ब डलर फिर्ता गर्नुपर्ने फैसला समेत होची मिन्ह सिटीमा रहेको अदालतले सुनाएको छ ।
यसलाई भियतनामको भ्रष्टाचार विरोधी अभियानको अहिलेसम्मकै विशेष फैसला भनिएको छ ।
यस मुद्दामा दुई हजार ७०० जनाको बयान लिइएको र १० राज्यका अभियोजक र करिब २०० वकिल संलग्न रहेको बताइएको छ । ट्रुङ माइसँगै ८५ जना प्रतिवादीलाई मुद्दा चलाइएको थियो । उनीहरूले आरोप अस्वीकार गरेका थिए ।

























