global ime bank Long Banner Ad

गृहपृष्ठ सलिकोको १ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

सलिकोको १ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

सलिकोको १ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेकाे छ ।

कम्पनीले एक सूचना जारी गर्दै आजदेखि १ लाख १४ हजार ६ सय १२ कित्ता संस्थापक सेयर गोप्य शिलबन्दी बोलपत्रबाट बिक्रीमा राखिएकाे जनाएकाे हो । संस्थापक सेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइएको उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ ।

खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सबै कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले खरिद गर्न चाहेको सेयर संख्या र सोको मूल्यसमेत तोकि बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

आवेदन दिने अन्तिम मिति जेठ १ गते रहेको छ ।

 

प्रकाशित समय : ०७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु