global ime bank Long Banner Ad

गृहपृष्ठ सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेको छ ।

सार्कका महसचिवलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसङ्घले सहकार्य गर्न चाहेको बताए । सार्कसँग साझेदारी गर्न आफू तयार रहेको निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सार्क सचिवालयका अनुसार महासचिव सरवारले राष्ट्रसङ्घबाट सार्कलाई निरन्तर सहयोग एवं समर्थनप्रति प्राप्त भएकामा कृतज्ञता व्यक्त गरेको थियो । सार्क संयुक्त राष्ट्रसङ्घको पर्यवेक्षक संस्था हो । सन् २००४ मा राष्ट्रसङ्घले सार्कलाई उक्त दर्जा प्रदान गरेको हो ।

राष्ट्रसङ्घका महासचिव गुटेरेससँगको भेटमा महासचिव सरवारले दुवै संस्थाबीच सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, खाद्य सुरक्षा, नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग बढाउनेबारेमा छलफल गरेको सार्क सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सार्कले राष्ट्रसङ्घीय विकास कार्यक्रम, खाद्य सङ्गठन, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को), स्वास्थ्य सङ्गठन, जनसङ्ख्या कोषलगायत १२ वटा राष्ट्रसङ्घीय निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै महासचिव सरवारले बदलिँदो परिवेशमा ती निकायसँग गरिएका समझदारीलाई अद्यावधिक गर्न आवश्यक भएको बताए।

राष्ट्रसङ्घ र सार्कबीचको साझेदारीलाई परियोजनामा आधारित गराउन काठमाडौँस्थित सार्क सचिवालयमा राष्ट्रसङ्घ र सार्कले संयुक्त बैठक गर्नुपर्नेमा जोड दिए । पारस्परिक सहयोगका नयाँ परियोजना पहिचान गर्नुपर्ने, सचिवालयका पदाधिकारीलाई क्षमता अभिवृद्धिलगायत अवसरको व्यवस्थाका लागि महासचिव गुटेरेससँग अनुरोध पनि गरे।

महासचिव गुटेरेसले सार्क महासचिवको प्रस्तावको स्वागत गर्दै राष्ट्रसङ्घ र सार्कबीचको सहकार्य अभिवृद्धिमा जोड दिए । सार्कसँगको क्षेत्रगत साझेदारीका लागि सम्बद्ध निकायका अधिकारीलाई सार्क सचिवालयका पदाधिकारीसँग तत्काल सम्पर्क एवं समन्वय गर्न निर्देशन दिए । साथै दुई संस्थाबीचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउन र निकट सम्पर्कमा रहेर काम गर्दै सार्कलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित समय : ०७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु