काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग

975
shares

काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीबाट घरपरिवार, जीविकोपार्जनका माध्यम तथा अत्यावश्यक पूर्वाधारसमेत प्रभावित भएका छन्। तत्कालीन उद्धार तथा राहतका कामहरू क्रमशः पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढिरहेका बेला प्रभावित समुदायलाई दीर्घकालीन सहयोग आवश्यक रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त योगदानमार्फत प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनमा फर्किन तथा पुनर्निर्माणका प्रयासलाई अघि बढाउन भइरहेका सामूहिक राहत तथा पुनःस्थापना अभियानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैंकले विपद्का कारण आफन्त, घर तथा जीविकोपार्जन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा निरन्तर खटिएका सरकारी तथा सुरक्षा निकाय, उद्धार तथा राहतकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति सम्मान व्यक्त गरेको छ।

लक्ष्मी सनराइज बैंकले विपद् तथा कठिन परिस्थितिमा समुदायसँगै उभिँदै आएको जनाएको छ। आगामी दिनमा पनि प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका प्रयासमा आफ्नो भूमिका निर्वाह गर्न बैंक प्रतिबद्ध रहेको बताएको छ।