बसाईसराई रोक्न लिफ्टिङ खानेपानी आयोजना संचालन
वि.सं.२०८० फागुन २७ आइतवार ०७:५२
shares

खानेपानी अभावका कारण बसाइँ सराई गर्नेक्रम बढेपछि लिफ्टबाट खानेपानी आयोजना संचालन गर्न थालिएको छ । देशका सुख्खाग्रस्त क्षेत्रमा खानेपानी अभावकै कारण बसाइँ सर्नुपर्ने बाध्यता रोक्न सरकारले नदीबाट लिफ्टङ प्रणालीमार्फत पानी तानेर प्रशोधन गरी वितरण गर्ने गरि लिफ्टिङ खानेपानी आयोजना संचालन गर्न थालिएको हो ।
सुख्खा तथा जलवायु परिवर्तनले प्रभाव पारेको क्षेत्रहरुमा लिफ्टिङ खानेपानी आयोजना संचालन भइरहेको खानेपानी तथा ढल व्यवस्थापन विभाग, जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाका आयोजना निर्देशक रामचन्द्र काफ्लेले बताउँछन् । केही स्थानमा लिफ्टबाट खानेपानी आयोजना संचालन भएसँगै पानीकै कारणले बसाईसराई गरेकाहरु अहिले पुनः पुरानै स्थानमा फर्किएको उनी बताउँछन् । ‘काभ्रेको तिमालमा पानी नभएर भकुण्डेबेशी, काठमाडौंमा बसाईसराई थियो, तरकारी खेती, पशुपालन गर्न सकिरहेका थिएनन् , अहिले त्यहाँ गाउँ फर्केर प्लटिङ गरिएको आफनो जग्गामा बाख्रा पालन, तरकारी खेती गरिरहेका छन्, त्यहाँ परिवर्तन देखिएको छ, उनले भने, पानी नभएर बसाईसराई गरेकाहरु अहिले लिफ्टीङ खानेपानी आयोजना निर्माणसँगै गाउँ फर्केका छन् । जलवाय परिवर्तनले भएका समस्याहरु बिस्तारै कम हुदै गएको हामीलाई महसुस भएको छ।’
काफ्लेका अनुसार देशभर अहिले १३४ वटा बृहत खानेपानी आयोजना छन् । जसमध्ये अहिले इलाम, उदयपुर, रामेछाप, काभ्रे, गोरखा, प्युठान, सल्यान, दैलेख लगायतका जिल्लामा गरी २५ वटा खानेपानी आयोजना निर्माणाधिन रहेका छन् ।
उनले भने ‘१३४ आयोजनामध्ये केहि आयोजनाहरु निर्माणको अन्तिम चरणमा रहेको छ, केही निर्माणाधिन अवस्थामा छ, कुनै अध्ययनको चरणमा छ, कुनै डिपिआरको चरणमा छ भने कुनै टेन्डरका लागि प्रक्रियामै रहेको छ।’
यी आयोजनाहरु ५० करोड देखी १ अर्बसम्मका आयोजना रहेको काफ्ले बताउँछन् । उनी भन्छन, ‘५० करोड देखि माथिको आयोजना संघले हेर्ने हो, यो भन्दा कमको आयोजना पनि छ, जनसंख्याको आधारमा छनौट हुन्छ, हिमालमा एक हजार, मधेशमा १५ हजार र पहाडमा ५ हजार आयोजना क्षेत्रको क्राइटएरिया हो।’
उनका अनुसार स्थानीयको १० प्रतिशत र सरकारको ९० प्रतिशत लगानीमा लिफ्टिङ खोनेपानी आयोजना निर्माण हुनेछन् ।
यसरी तानिन्छ पम्पबाट पानी
खानेपानी आयोजना अनुसार पम्प जोडेर पानी तान्नुपर्ने काफ्ले बताउँछन् । उनी भन्छन् ‘खानेपानी आयोजना अनुसार हुन्छ, कुनैमा एउटा, कुनैमा दुईटा, कुनैमा तीन वटा पनि पम्प जोड्नुपर्ने हुन्छ, आयोजना प्रकृति, कति लामो छ, कति हेड छ, कति पानी छ, कति पानी तान्नुपर्ने हो, त्यसले फरक पार्छ।’
हरेक आयोजनाको भिन्न भिन्न फचर्ड हुने उनी बताउँछन् । ‘हरेक आयोजनाको भिन्न भिन्न फिचर्ड हुन्छ, त्यसमा के फरक पर्छ भने कति माथि तान्नु पर्ने हो त्यसलाई हामीले हेड भन्छौँ, जनतालाई कति पानी खुवाउनुपर्ने हो, त्यसलाई डिस्चार्ज भन्छौँ, त्यसैले पम्पको नम्बर, पम्पको क्याफासिटि सबै चिज फरक पर्छ, ठ्याक्कै यति नै छ भनेर भन्न सकिदैन, आयोजना अनुसार फरक फरक हुन्छ, उनी भन्छन्, ।’
सातवटा स्टेभ पुरा गरी पम्पबाट पानी तानिने काफ्ले बताउँछन् । ‘नर्मलमा पनि मल्टिस्टेज भन्छौँ, एउटा पम्पमा मात्र तानेर हुदैन, सात वटा ठाउँमा तानेर ट्याङ्कीमा रिजर्भ गरेर त्यसलाई सेभेन स्टेज पम्पपिङ भन्छौँ, त्यसपछि मात्र जनताको घरमा पठाउँछौँ, उनले भने, पहिलो स्टेपमा पम्प तान्यो, अर्कोठाउँमा गयो, त्यहाँबाट फेरि फाल्यो, अर्कोठाउँमा गयो त्यहाँबाट फेरी फाल्यो, फेरि अर्कोठाउँमा गयो गरि यसरी सात स्टेपसम्म आयोजनाहरु छ।’
हालसम्म २१ सय मिटरसम्म पम्पबाट पानी तानिएको छ । यो भनेको २.१ किलोमिटरमाथिसम्म लिफ्टीङ हो । कम्तीमा १ किलोमिटर माथि लिफ्टीङमा पानी तानिएको उनी बताउँछन् ।

























