global ime bank Long Banner Ad

गृहपृष्ठ ‘कुनै काम गर्दै जाँदा तपाई त्यसमा रमाउँन सक्नु भयो भने त्यो तपाईको लागि बनेको हो’

‘कुनै काम गर्दै जाँदा तपाई त्यसमा रमाउँन सक्नु भयो भने त्यो तपाईको लागि बनेको हो’

सुस्मिता लाल/न्युजकाराेबार

‘कुनै काम गर्दै जाँदा तपाई त्यसमा रमाउँन सक्नु भयो भने त्यो तपाईको लागि बनेको हो’

ई. कृष्णभक्त दुवालको जन्म भक्तपुरको थालाछे मा २०३६ साल चैत्र २२ गते भएको हो । उनको परिवारमा आमा, श्रीमती र छोरी छन् । उनको बुवाले जिविका पार्जनको लागि कृषि गर्नुहुन्थ्यो, विस्तारै परिवार कृषिबाट व्यापार व्यवसायमा लागेका थिए । उनले कक्षा १ देखि ५ सम्मको पढाई माउण्ट भ्याली स्कूलबाट गरेका थिए ।

उनले कक्षा ५ देखि १० सम्मको पढाई सिद्धार्थ वनस्थली स्कूलबाट गरे, त्यसपछि, उनले प्लस टु भिएस निकेतनबाट, ब्याचलर काठमाडौ इन्जिनियरिङ्ग कलेजबाट, एम.इ पुलचोक कलेजबाट, एम.बिए इन्दिरा गान्धी नेशनल ओपन युनिभसिटिबाट र हाल पिएचडी कुहान युनिभसिटि अफ टेक्नोलोजि चाइनाबाट गरिरहेका छन् ।

उनले एसएलसी सकेर स्कूल लेभलमा पढाउन थाले । उनले बिइ सकेर नेपाल इन्जिनियरिङ्ग कलेजमा पढाउन थाले त्यसपछि, उनले सोलार ब्याट्रिको इम्पोर्ट गरेका थिए । त्यसपछि उनले गोर्खा इको प्यानलमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्न थाले । उनले सन् २०१४ देखि २०२० सम्म गोर्खा इको प्यानलमा काम गरेका थिए ।

गोर्खा इको प्यानलको दुईतिर सिमेन्ट बोर्ड, भित्र बालुवा, सिमेन्ट र थर्मकोल हुन्छ । भित्री भागमा रहने बालुवा, सिमेन्ट र थर्मकोल मिसाउने विशेष प्रकारको केमिकल्स हुन्छ । प्यानल दुई फिट बाई आठ फिटको हुन्छ । गोर्खा इको प्यानलमा बहराइनबाट विदेशी लगानी ल्याएर स्थापना भएको इन्टरनेशनल ग्रिन डेभलपमेन्ट कम्पनी स्थापना गरी नेपालमा पहिलो पटक इको प्यानलको उत्पादनहरु आएको छ ।

भक्तपुरको जगातीमा उद्योग छ भने इको प्यानलले ४० वटाभन्दा बढी जिल्लामा नेटवर्क स्थापना गर्न सफल भएको छ । अहिले उनले नेपाल इको प्यानल सुरु गरेका छन् । उनी नेपाल इको प्यानलमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिरहेका छन् ।

नेपाल इको प्यानल

नेपाल इको प्यानल भनेको वैकल्पिक निर्माण सामग्री हो । जुन वातावरणमैत्री, हलुका र भूकम्प प्रतिरोधी हुन्छ । यसमा थर्मल इन्सुलेसन हुन्छ । बाहिर चिसोपन वा तातोपन भए पनि भित्र आउन दिँदैन । नेपाल इको प्यानल प्रा.लि नेपाल सरकारले दिने ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । इको प्यानललाई नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग त्रिपुरेश्वर काठमाडौबाट दिइने ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त भएको छ । पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफ १८ बमोजिम श्री इको प्यानल नेपाल प्रा.लि चाँंगुनारायण नगरपालिका वडा नं २ भक्तपुर नेपालले वर्ग १९ अन्तर्गत प्रमाणपत्र दिइएको उद्योग विभागको पत्रमा उल्लेख गरिएको छ । इको प्यानलका निर्माण सामाग्रीहरु देशैभरि विक्रीवितरण भएरहेको छ ।

नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म डिलरहरुमार्फत यसले आफनो उत्पादन देशैभरि विक्रीवितरण गर्दै आएको छ । हलुका, भूकम्पप्रतिरोधी, तीव्र निर्माण सम्भव हुनलगायतका अनेक विशेषताले यो निर्माण सामाग्रीले लोकप्रियता कमाउँदै आएको छ ।

नेपाल इको प्यानलमा आयातित कच्चा पदार्थहरु बालुवा, सिमेन्ट नेपालबाट नै आयत हुन्छ । तर थर्मकोल, केमिकल र सिमेन्ट बोर्ड भने बाहिरबाटै आउँछ । सिमेन्ट बोर्ड भारतबाट र चीनबाट पनि ल्याउन सकिन्छ । स्वदेशी कच्चा पदार्थको प्रयोग ६० देखि ६५ प्रतिशत हुन्छ । स्वदेशी इको प्यानलमा टिकाउपन बढी छ । यसको उत्पादनमा ७० वर्षको वारेन्टी रहेको छ । स्ट्रक्चरल संरचना भएको कारणले यसलाई जुनसकै ठाउँमा प्रयोग गर्न सकिन्छ । यसलाई सिमेन्ट पिल्लर वा फलामको स्ट्रक्चर भएको ठाउँमा पनि प्रयोग गर्न सकिन्छ ।

किनभने यो इण्डियन प्रिफ्याब जस्तो कमजोर हुँदैन । भूकम्पपछि इण्डियन प्रिफ्याबका कारण प्रिफ्याबप्रति आशंका बढेको थियो । कंक्रिटसँग तुलना गर्ने हो, भने यो इँटाको वाल भन्दा १० देखि १५ प्रतिशत सस्तो पर्न जान्छ । यसमा प्लाष्टर गर्नुपर्दैन, निर्माण कार्य पनि छिटो हुन्छ । इँटाको वाल फिनिसिङमा छजना डकर्मी र छजना कामदार लाग्छ भने सोही प्रकृतिको इको प्यानलको वाल भने दुईजनाले गर्न सक्छ । अर्को फाइदा भनेको कोठाको स्पेस बढ्ने भयो । भत्काएर अर्को ठाउँमा पनि लैजान सकिन्छ ।

नेपाल इको प्यानलले थुप्रै पार्टी प्यालेस, हल, आर्मी क्वाटर, स–साना होटल, हस्पिटल, स्कुल आदिका निमार्ण गरेको छ । यसको प्रयोग कमलादीमा निर्माण भइरहेको स्काईवाक टावरमा पनि गरिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल इको प्यानलबाट ४० वटा संरचनाहरू निर्माण भएको छ । चालू आर्थिक वर्षको अहिलेसम्म १५ वटा संरचनाहरू निर्माण भइसकेको छ । नयाँ संरचनाको कामहरू पनि अहिले विभिन्न ठाउँमा भइरहेको छ । इको प्यानल ५-६ वटा बिगमार्टमा प्रयोग भइसकेको छ । केही समय अगाडिदेखि कन्याममा सञ्चालन आएकोे स्काईवाक टावरको नजिकै कम्प्लेक्स बनिरहेको छ । सो कम्प्लेक्समा पनि प्यानलको प्रयोगबाट केही संचना बन्दै छन् ।

सफलताको सुत्र

जीवमा जहिले पनि सकारात्मक सोच राख्नुपर्छ । जीवनमा सधैं राम्रो काम गर्ने प्रयासरत हुनुपर्छ । यदि कसैले राम्रो काम गर्छ भने उसलाई सबैले प्रोत्साहन गर्छ । जीवनको कुनै पनि परिस्थितिमा हरेस खानु हुदैंन । जीवनमा जहिले पनि नयाँ काम गर्दै जानु पर्छ । मान्छेको उमेर बढ्दै जादाँ खेरि आफूलाई नयाँ कुरा, टेक्नोलोजि, म्यानेजमेण्टसँग लिङ्क गराउँदै जानुपर्छ । जसले गर्दा मानिसको उमेर आफैं लामो हुदैं जान्छ, साथै यसले गर्दा मानिसमा भएको पुरानो सोच नयाँ सोचमा परिवर्तन हुन्छ । समयको सदुपयोग सधै गरि राख्नुपर्छ । जीवनमा सधै आफूलाई व्यस्त राख्नुपर्छ । जसले काम गर्ने चाहन्छ, त्यस्तो मानिसलाई सहयोग गर्नुपर्छ ।

जीवन भनेको सुख र दुःखको मिश्रण हो । जीवनमा सधैं सुख पनि पाइदैंन र सधैं दुःख पनि पाइदैंन । त्यसैले जीवनमा इमानदार र लगनशील भएर काम गर्दै जानुपर्छ । जीवनमा जहिले पनि एउटा उद्देश्य राख्नुपर्छ, जसलाई पाउँनको लागि आफूले सक्दो मेहनत गर्नुपर्छ । जब सम्म उद्देश्यको प्राप्ति हुदैंन, त्यो बेला सम्म निरन्तर आफ्नो उद्देश्य प्राप्तिका लागि अघि बढ्दै जानुपर्छ ।

आफ्नो काम प्रति जहिले पनि इमान्दार हुनुपर्छ, मेहनत गनुपर्छ र नयाँ नयाँ अवसर खोजेर त्यसलाई प्रयोग गर्न सक्नुपर्छ । कुनै पनि काम गर्दा खेरि धेरै कुरा गर्नु भन्दा काम धेरै गर्नुपर्छ । कुनै पनि काम गर्दा खेरि त्यसमा निरन्तर रुपले गर्दै जानुपर्छ । जीवनमा जहिले पनि आफूलाई मन परेको पढाई र काम गर्नुपर्छ ।

यदि कुनै काम गर्दा खेरि तपाई त्यसमा रमाउँन सक्नु भयो भने त्यो काम नै तपाईको लागि बनेको हो, भन्ने कुरा बुभ्mनु पर्छ । जीवनमा कुनै पनि काम परिवारको वा साथी भाईको करमा गर्नु हुदैंन, आफुलाई जे ठिक लाग्छ त्यहि गर्नुपर्छ । त्यसो गरे भने जीवनमा सफलता पाउँन सकिन्छ । जीवनमा जहिले पनि नयाँ कुराको प्रयोग गर्ने जरुरी छ ।

जसले जीवनमा नयाँ कुराको प्रयोग गर्दैन, उसले जीवनमा कहिल्यै पनि सफलता पाउँन सक्दैन । नयाँ प्रयोगले मान्छेलाई एउटा नयाँ बाटो देखाउँने काम गरिरहेको हुन्छ । जीवनमा नयाँ प्रयोग गर्दा खेरि जहिले पनि सफलता मिल्दैन तर त्यसले मानिसको आत्मविश्वासलाई बढाउने काम गर्छ ।

 

 

प्रकाशित समय : १२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु