global ime bank Long Banner Ad

गृहपृष्ठ उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा

उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा

उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा

बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँका १५ जना महिला मिलेर ढाका उद्योग सञ्चालन ल्याए निरन्तर ढाका बुन्न थाले तर उत्पादनले बजार नपाउँदा अहिले  निरास बनेका छन् ।

माग निकै कम भएका कारण । सामान बेच्न धौ धौ परेको छ । उत्पादित सामान बेच्न  कहिले बुर्तिबाङ बजार त कहिले म्याग्दीसम्म पुग्नु पर्छ । लाखौँको लगानीमा उत्पादन गरेका सामग्री गोदाममै थन्किएका कारण उनीहरु अफ्ठयोमा परेका छन् । तमान गाउँको कल्याण आमासमूहले सञ्चालन गरेको उद्योगमा हाल १५ जना महिला आबद्ध छन् ।

विसं २०७५ मा सङ्गम परामर्श केन्द्र बागलुङले १५ दिने प्रशिक्षण दिएपछि उनीहरुले उद्योग सञ्चालन गरेका हुन् । ४५ हजार लगानीमा सुरु गरिएको उद्योगबाट अहिले करिब सात लाखको सामग्री तयार भएका छन् । आफ्ना उत्पादनले बजार नपाउँदा आफैँले बोकेर ग्राहक खोज्दै हिँड्नुपर्ने बाध्यता भएको समूहकी अध्यक्ष टीकादेवी बुढा घर्तीले बताए ।

ढाकाको सल, टोपी, लुङ्गी, दोसल्ला, खादा लगायत सामग्री उत्पादन गर्ने गरेको विगतको तुलनामा उत्पादनले बजार पाए पनि सोचे अनुसारको नहुँदा समस्या भएको छ, घर्तीले बताए । एक जनाले महिनाको ३५/४० हजारको सामग्री तयार गर्ने गरेको तर बिक्री नहुँदा मुस्किलपर्ने उनको गुनासो छ ।

“फुर्सदको समयमा काम गर्छौं राम्रो बजार हुन्थ्यो भने पूरै समय दिएर काम गर्ने थियौँ, तर समय निकालेर काम गर्दा पनि धेरै कपडाहरु बनाएका छौँ, एक जनाले हजारौँको काम गर्छौं, तर बिक्री नहुँदा कहिले त एक हजार पनि पाउन मुस्किल छ”, उनले भने, “सामानले कोठा भरिएका छन्, कहिलेकाहीँ नजिकैका ग्राहकहरु आउछन् ।

जुनुमाया घर्तीमगरले सुरुमा निकै उत्साहित भएर काम गरेको भन्दै अहिले उत्पादनले बजार नपाउँदा जाँगर मर्दै गएको बताए । विस्तारै राम्रो हुँदै जानेमा आशा भने अझै छ । समयसमयमा गाउँपालिकाले प्रयोजनका लागि खरिद गरेर प्रोहोत्सान गरे पनि बजारीकरणका लागि पहल हुन नसकेको सरकारले बजारीकरणको व्यवस्थापन गरिदिए अझै धेरै महिलाले यसबाट स्वरोजगार हुने उनको भनाई छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले महिला उद्यमीलाई मेशिनलगायत अन्य सहयोग गरिएको भन्दै बजारीकरणका लागि पहल थालेको बताए । समयसमयमा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्दै आएको र गाउँदेखि सहरसम्म आयातीत सामानको बढ्दो प्रयोगले स्थानीयस्तरमा उत्पादित वस्तुले बजार नपाएको बताए । उद्यमीलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्ने उनले बताए ।

पालिकाको तर्फबाट मेशिन सहयोग गरिएको छ, पालिकाकै सहयोगमा भवन निर्माण  पनि भइरहेको छ, उनीहरुलाई प्रथामिकताका साथ सहयोग गर्दै आएका उत्पादनलाई प्राथमिकतामा राखेका उनीले बताए । हामीले महिला उद्यमीलाई निरन्तर सहयोग गर्नेछौँ, मेला महोत्सवमा सामान बिक्रीका लागि लैजान यातायात खर्च र स्टल खर्चको बेहोर्ने योजना पनि बनाएका छौँ, उद्योगलाई थप व्यवस्थित बनाउनका लागि पालिकाले अध्ययन गरिरहेको छ”, उनले बताए ।

प्रकाशित समय : १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु