global ime bank Long Banner Ad

गृहपृष्ठ जुम्ला सिँचाइ कार्यालयमा कर्मचारी अभाव

जुम्ला सिँचाइ कार्यालयमा कर्मचारी अभाव

जुम्ला सिँचाइ कार्यालयमा कर्मचारी अभाव

जुम्ला । जुम्ला सिँचाइ कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी नहँुदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

कार्यालयमा प्रविधिक कर्मचारीको दरबन्दीअनुसारका लामो समयसम्म पदपूर्ति हुन नसक्दा कार्यालयको सेवा प्रवाहमा समस्या भएको कार्यालय प्रमुख अङ्कलबहादुर महतले जानकारी दिए।

कार्यालयमा २१ दरबन्दीमध्ये अहिलेसम्म ११ वटा पदपूर्ति भएको छ । अझै १० वटा पदपूर्ति हुन सकेको छैन । दरबन्दीअनुसार कर्मचारी हुनुपर्ने भए पनि हालसम्म पदपूर्ति हुन नसकेको कार्यालय प्रमुख महतको भनाइ छ ।

दरबन्दीअनुसार अधिकृत छैटाँै इन्जिनियर दुई, सव–इन्जिनियर पाँचौँ तीन, प्रविधिक सहायक चौथो तीन र ऊर्जा प्रविधिक दुई जना कर्मचारी रिक्त रहेका छन् ।

कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा ढिलासुस्ती र जनताको गुनासो आउने गरेको प्रमुखले बताए ।

प्रकाशित समय : १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु