गृहपृष्ठ सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार
नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार र तेजाबी सुन १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ ।
प्रकाशित समय : १२:०८ बजे


















