गृहपृष्ठ टी-२० त्रिदेशीय क्रिकेट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

टी-२० त्रिदेशीय क्रिकेट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

टी-२० त्रिदेशीय क्रिकेट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

टी-२० त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान ११:३० बजेदेखि शुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

यसअघि लिग-२ अन्तर्गत दुवै खेलमा नेपाल नामिबियासँग हारेको थियो । हिजोको खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको थियो ।

प्रकाशित समय : ०७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु