गृहपृष्ठ एनभिएल पुरुष भलिबलः मधेसको पहिलो जित
एनभिएल पुरुष भलिबलः मधेसको पहिलो जित
काठमाडौँ । राजधानीमा जारी नेपाल भलिबल लिग (एनभिएल) मा मधेस वारियर्सले खप्तड फाल्कन्सलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)कभर्डहलमा आज सम्पन्न पहिलो खेलमा मधेसले खप्तड फाल्कन्सलाई ३(० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
मधेसले खप्तडमाथि पहिलो सेट २५(२१, दोस्रो सेट २५(२० तथा तेस्रो तथा अन्तिम सेट २५(२३ ले आफनो पक्षमा पार्यो । यो जितसँगै चार खेल खेलेको मधेसले चार अङ्क जोडेको छ । उक्त प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा सगरमाथाले काठमाडौँसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल आज साँझ ७ः०० बजेदेखि सुरु हुनेछ ।
प्रकाशित समय : १८:५९ बजे


















