काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

903
shares

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसङ्घको बहुआयामिक एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) मा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ ।

त्यसका लागि सैनिक प्रहरी युनिटको ११औँ ‘डफ्फा’लाई बदली गर्न सोही युनिटको १२औँ डफ्फाका ७१ जना शान्ति सैनिकहरू आज प्रमुख सेनानी रवीन श्रेष्ठको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । उक्त मिसनमा कार्यकाल सम्पन्न गरी प्रमुख सेनानी सुमन थापाको नेतृत्वमा ७५ जना नेपाली
सैनिकहरू आजै स्वदेश फिर्ता भएका छन् ।