काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

यस्तो छ आजको मौसम

231
shares

काठमाडौं । देशका धेरै भूभागमा आज मौसम सामान्यतया सफा रहनेछ । केही भूभागमा बादल लाग्नेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

देशको तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

यसैबीच, केही मौसमविद्ले भने आउँदो शनिबार ९कात्तिक १४०सम्मको मौसमी विश्लेषण सार्वजनिक गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलले आउँदो बिहीबारदेखि शनिबारसम्म लुम्बिनीदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने जनाएका छन् ।

“आगामी बिहीबारदेखि देशभर वर्षा हुने पूर्वानुमान कायमै छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “बिहीबारदेखि शनिबारसम्म लुम्बिनी प्रदेशदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ ।”

हालको पूर्वानुमानानुसार २९ जिल्ला वर्षाजन्य जोखिममा पर्न सक्ने उनले उल्लेख गरेका छन् । “यद्यपि, भारी वर्षा हुने स्थान, समय र वर्षाको मात्रा अझै परिवर्तन हुन सक्छ,” उनले भनेका छन्, “किसान, हिमाली क्षेत्रका बासिन्दा तथा पदयात्रीहरूले विशेष सावधानी अपनाउनुहोला ।”

यस मौसमी प्रणालीबारे उनले केही दिनअघिदेखि जानकारी गराउँदै आएका छन् । विशेष गरी धानबालीसँग सम्बन्धित किसान, हिमाली क्षेत्रका बासिन्दा र पदयात्रीले सावधानी अपनाउनुपर्नेमा उनले जोड दिँदै आएका छन् ।

बंगालको खाडीमा विकसित उक्त न्यूनचापीय क्षेत्र आज गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुन सक्छ । त्यसपछि आज बिहानसम्म चक्रवात बन्न सक्ने सम्भावना रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसपछि त्यो प्रणाली अझ शक्तिशाली बन्दै अघि बढ्ने र भारतको उत्तरी आन्ध्र प्रदेश तथा त्यससँग जोडिएको दक्षिण ओडिसाको तटीय क्षेत्रमा अगाडि लाग्ने सम्भावना रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ ।

त्यो प्रणाली त्यहाँबाट अगाडि बढ्दै भारतको बिहार हुँदै नेपालसम्म असर पर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले जनाएका छन् ।

भारतको उडिसा (ओडिसा)बिहार हुँदै नेपालतिर आउने र भारी हिमपात अनि पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा हुने देखिन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “उच्च हिमाली क्षेत्रको पदयात्रा पनि माथि उल्लेख गरिएका दिनमा नगर्नु र नगराउनु उत्तम हुनेछ ।”

बुधबारसम्म भने ठूलो वर्षा वा मौसममा उल्लेनीय परिवर्तनको सम्भावना नरहेको महशाखाले जनाएको छ ।