गृहपृष्ठ ‘जसले घरलाई व्यवस्थापन गर्न सक्छ, उसले उद्योगलाई राम्रोसँग चलाउँन सक्छ’
‘जसले घरलाई व्यवस्थापन गर्न सक्छ, उसले उद्योगलाई राम्रोसँग चलाउँन सक्छ’
सुस्मिता लाल/ न्युजकारोबार
२०२६ सालमा जन्मिएका बिजय कुमार राय अहिले राम जानकी ट्रेड एण्ड सप्लायर्स प्रा.लिका प्रबन्ध निर्देशक रहेका छन् । उनले जिवनमा अटो मोबाइल्स क्षेत्रको निकै अनुभव बटुल्न सफल भएका छन् । उनले अहिलेसम्म धेरै कम्पनीहरुमा काम गरिसकेका छन् । उनलाई काम गर्दा इमानदारी भएर गरिययो भने अवश्य अगाडि पुगिन्छ भन्ने पूर्ण विश्वास रहेको छ ।
जनकपुरमा जन्मिएका रायलाई सानैदेखि खेलकुदमा अलि बढि नै रुचि थियो । उनलाई विशेष गरेर फुटबल र क्रिकेट मन पथ्र्यो । उनी सानै देखि मिलनसार स्वभावको थिए । यसका साथसाथै उनलाई सानै देखि पढाईमा पनि बढि रुचि थियो ।
उनको जन्म मध्यम वर्गिय परिवारमा भएको हो । उनको परिवारमा सुरु देखि नै ज्यादै नै अनुशासन थियो । जसले गर्दा घरको आगन बाहिर खेल्न पनि जान सक्दैन थिए । घरमा पनि जहिले पनि पढ्नु पर्छ, भन्ने सोच थियो । जसले गर्दा उनमा सानै देखि पढ्नु पर्छ, जीवनमा पढेर केहि बन्नु पर्छ, भन्ने सोेच थियो ।
उनले २०४७ साल फागुन ६ गते विवाह गरे । उनका चार छोरीहरु रहेका छन् करिब २० वर्ष देखि उनी आफ्नो परिवारसँग काठमाडौंको शान्तिनगरमा बस्छन् ।
विजय कुमार रायले कक्षा १ देखि १० सम्मको पढाई जलेश्वरको लक्ष्मी चन्दी मुरारका विद्यालयबाट गरेका थिए । उनले आइ.एसीको पढाई रारा कलेज जनकपुरबाट गरे । उनले इन्जिनियरिङ्गको पढाई चैन्ने इन्जिनियरिङ्ग कलेज अफ टेक्नोलोजी एण्ड इन्जिनियरिङ्गबाट गरे । उनले इलेक्ट्रोनिकल इन्जिनियरिङ्ग गरे । उनले चेन्नाइमा नै अल इन्डिया इन्स्टियुट अफ म्यानेजमेन्ट स्टडीजबाट मारकेटिङ्ग म्यानेजमेन्टको कोर्स गरे ।
रायले सुरुबाटै अटोमोवाइलको क्षेत्रमा मात्रै काम गरे । उनले इन्जिरियरिङ्ग सकिसकेपछि, चैन्नमा युरेका फोरबेज लिमिटेडबाट आफ्नो जागिरको सुरुवात गरे । यहाँ उनले दुई वर्षसम्म सिनियर सेल्र्स मेनेजरको रुपमा काम गरे । त्यसपछिउनी नेपाल आए । नेपाल आएपछि, उनले मन्डेला ओभरसिइजमा ब्रान्च मेनेजर भएर ६ वर्ष सम्म काम गरे । त्यसपछि, उनले मोरङ्ग अटो वर्कस्मा काम गरे । त्यसपछि, ३ वर्षसम्म उनले यामाहाको डिलर्समा ब्रान्च म्यानेजर भएर काम गरे । क्युवा इन्टरनेशनलमा ४ वर्ष सम्म सेल्स म्यानेजरको रुपमा काम गरे । त्यहाँ, उनँले फोर युइल गाडीहरुको विक्रि वितरण गर्थेे । त्यसपछि, उहाँ भिजिट भिषामा दुबई गए ।
विदेशमा भन्दा स्वदेशमा राम्रोसँग काम ग¥यो भने राम्रो कमाई हुन्छ भन्ने सोच उनमा आयो, त्यसपछि, उनी स्वदेशमा नै फकिए । यहाँ फर्केपछि, उनले मङ्गलम इन्डिस्ट्रजमा काम सुरु गरे । त्यहा उनले ३ वर्षसम्म काम गरे । उनले कोेसी अटो विराटनगरमा जेनरल म्यानेजरको रुपमा एक वर्ष काम गरे । त्यसपछि, उनले बेला मोटर्स प्रा. लिमा सीईओ रुपमा काम सुरु गरे । बेला मोटर्समा विद्युतीय सवारी साधनहरु पाइन्छ । पेट्रोलीयम पदार्थको एक मात्र विकल्प भनेको बिद्युतिय सवारी नै हो । राज्यले त्यती धेरै प्राथमिकता नदिए पनि नीजि क्षेत्रबाटै बिद्युतिय सवारीको आयात ब्यापार अहिले निकै नै बढि रहेको छ ।
हाल उनी राम जानकी टे«ड एण्ड सप्लायर्स प्रा.लिका प्रबन्ध निर्देशक छन् । राम जानकी ट्रेड एण्ड सप्लायर्स प्रा.लिमा विद्युतिय सामग्रीहरु पाइन्छ ।
उनका अनुसार हरेक घर एक उद्योग हो, जसले घरलाई राम्रोसँग व्यवस्थापन गर्ने सक्छ, उसले कुनै पनि उद्योगलाई राम्रोसँग चलाउँन सक्छ । उनी भन्छन्, ‘जन्मदैं कसैले पनि केहि जानेको हुदैंन, विस्तारै विस्तारै काम गर्दै गएपछि सबै कुरा जान्ने हो । जहिले पनि जीवनमा एउटा लक्ष्य लिएर हिड्नुपर्छ, त्यसको प्राप्तिको लागि आफुले सक्दो मेहनत गर्नुपर्छ । जीवनमा जहिले पनि अरुलाई प्रोत्साहन दिने काम गर्नुपर्छ ।’ आफ्नो काम प्रति जहिले पनि इमानदार र लगनशील भएर काम गरियो भने सफलता हात पान सकिने उनको भनाई छ । उनले भने, ‘जीवनमा सुख र दुःख दुवै आउँछ, जान्छ । दुःख आयो भनेर आत्तिनु हुदैंन र सुख आयो भन्दैमा मात्तिनु हुदैंन । आफुलाई जहिले पनि समान रुपमा राखेर अगाडि बढाउँनु पर्छ । जीवमा जहिले पनि सकारात्मक सोच राख्नुपर्छ । जीवनमा सधैं राम्रो काम गर्ने प्रयासरत हुनुपर्छ । यदि कसैले राम्रो काम गर्छ भने उसलाई सबैले प्रोत्साहन गर्छ ।’
उनी भन्छन्, ‘जीवनमा जहिले पनि नयाँ काम गर्दै जानु पर्छ । कुनै पनि काम सानो वा ठूलो भन्ने हुदैंन । जसले सबै कामलाई समान रुपले हेर्छ, उसैले जीवनमा जसरी पनि सफलता पाउँन सक्छ । हरेक काम मेहनत र लगनशील भएर गर्नुपर्छ । कुनै पनि ठाउँमा काम गर्दा खेरि त्यसलाई आफ्नै सम्झेर काम गर्नुपर्छ । कुनै पनि काम गर्दा खेरि त्यसलाई नयाँ र रचनात्मक सोचका साथ सम्पन्न गर्नुपर्छ । जसले गर्दा त्यो काममा एउटा नयाँपन आउँछ । आफुमा विश्वास राखेर सकारात्मक सोच लिएर अगाडि बढ्यो भने सफलता मिल्छ ।’
प्रकाशित समय : १४:३२ बजे



















