global ime bank Long Banner Ad

गृहपृष्ठ आतिफ असलमको कन्सर्टमा एकमात्र टिकटिङ्ग पार्टनर खल्ती

आतिफ असलमको कन्सर्टमा एकमात्र टिकटिङ्ग पार्टनर खल्ती

आतिफ असलमको कन्सर्टमा एकमात्र टिकटिङ्ग पार्टनर खल्ती

‘खल्ती’ ले आतिफ असलम को लाईभ म्युजिकल शो मा एक मात्र आधिकारिक टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ । तरिस ईन्टरटेनमेन्ट र एम् एन् प्रोडक्सन् सँग सम्झौता गर्दै काठमाडौं म्युजिक फेस्टिभल २०२४ हुन गई रहेको दक्षिण एसियाकै चर्चित आवाज– आतिफ असलम को लाईभ शो मा खल्तीले बक्स अफिस देखि अनलाईन टिकट सेल्सको सम्पूर्ण जिम्मा लिएको छ ।

‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’– चैत्र ३० र वैशाख १ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा दिउँसो ४ बजे सुरु हुन गई रहेको छ । खल्ती प्रयोगकर्ताले यस इभेन्टको टिकट सजिलै खल्ती एप मार्फत खरिद गरि आफ्नो ठाउँ समयमै सुनिश्चित गर्न सक्नेछन् । आयोजकका अनुसार नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’मा आतिफ असलम को कन्सर्ट पहिलो दिनको लागि तय गरिएको छ भने दोस्रो दिनमा थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहनेछ । दुबै इभेन्टको टिकट खल्तीमा उपलब्ध छ ।

खल्तीले अहिले सम्म ५०००भन्दा बढी इभेन्ट÷कार्यक्रमहरूमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्दै अनलाइन टिकटिङको एक उत्कृष्ट माध्यम बन्न सफल भएको छ । केहि महिना अघि मात्र हायात रिजेन्सी ग्राउन्डमै भएको अरिजित सिंह लाइभ शो मा खल्तीले अनलाइन र बक्स अफिस टिकटिङ को जिम्मेवारी निकै नै सराहनीय ढङ्गले पूरा गरेको थियो । सो टिकटिङ व्यवस्था अनुसार १५०००+ दर्शकले उक्त इभेन्टको हिस्स बन्ने अवसर पाएका थिए । खल्तीले सोही तवर र सहजताका साथ आतिफ असलम को कन्सर्ट रहेको यस म्युजिक फेस्टिभल को टिकटिङ व्यवस्था गरेको छ प्रयोगकर्ताहरूले निर्धक्क भई सुविधा जनक तवरबाट अनलाईन टिकट खरिद गर्न सक्ने कुरामा खल्ती बिश्वस्त छन् ।

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु