global ime bank Long Banner Ad

गृहपृष्ठ फूडमाण्डुको भ्यालेन्टाइन डे कन्टेस्ट

फूडमाण्डुको भ्यालेन्टाइन डे कन्टेस्ट

फूडमाण्डुको भ्यालेन्टाइन डे कन्टेस्ट

नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको छ ।

यस कन्टेस्ट अन्तर्गत फूडमान्ड मार्फत फूड अर्डर गर्ने ग्राहकमध्यबाट हरेक दिन ५ जना भाग्यशाली विजेताहरुलाई लक्की ड्र मार्फत छनोट गरिनेछ । उक्त भाग्यशाली विजेताहरुलाई मिनिसो, केटिएम सिटी, अभाता र फूडमान्डु मर्कन्डाइजको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिनेछ । विजेताहरू दैनिक रूपमा सोसल मिडिया प्लेटफर्महरूमा घोषणा गरिनेछ र फूडमान्डूको अफिसबाट गिफ्ट ह्याम्परहरु सङ्कलन गर्न सकिनेछ ।

यसका साथै ग्राहकहरुले ४० वटा विभिन्न रेस्टुरेन्टबाट बाइ वान गेट वान फ्रि तथा आकर्षक कम्बो अफरहरु समेत प्राप्त गर्न सक्नेछन् । फूडमान्डुले विभिन्न बैँक र वालेटहरुसँगको सहकार्यमा ग्राहकहरुलाई विभिन्न क्यासब्याक अफरहरु समेत प्रदान गर्नेछ ।

यसबारे बोल्दै फूडमान्डुका ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भनिन्, “हाम्रा आदरणीय ग्राहकहरुलाई लक्षित गर्दै हामीले भ्यालेन्टाइन डेको अवसर पारेर आकर्षक अफरहरु ल्याएका छौँ । आशा छ कि हाम्रा ग्राहकहरुले यो अफरलाई मन पराइदिनु हुनेछ र फूडमान्डुलाई अझै बढी माया र साथ प्रदान गर्नुहुनेछ ।”

माघ २४ देखि फागुन २ गतेसम्म लागु हुने यस अफरहरुमा सहभागी हुनको लागि फूडमान्डुुको वेबसाइट वा फूडमान्डुको एप मार्फत फूड अर्डर गर्न सकिनेछ ।

 

प्रकाशित समय : १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु