काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थाइल्याण्डको पटाका कारखानामा विष्फोट हुँदा २३ जनाको मृत्यु

5.96K
shares

थाइल्याण्डको पटका कारखानामा विस्फोट हुँदा २३ जनाको ज्यान गएको छ ।

राजधानी बैंककबाट ६० माइल उत्तर पश्चिममा रहेको कारखानामा विस्फोट हुँदा अन्य केही घाइते भएका छन । विस्फोटको कारण अझै खुलेको छैन । विस्फोटको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । विष्फोटका कारण नजिकका अन्य संरचना क्षति नभएको प्रहरीले जनाएको छ ।

सरकारले कारखानाको बैधताबारे अनुसन्धान गर्न निर्देशन दिएको छ । थाइल्याण्डमा पटका र अन्य आतिशबाजी उत्पादन गर्ने कारखानामा विष्फोटका घटनाहरु पछिल्लो समय समान्य हुन थालेका छन । गत वर्ष सुङ्गई कोलोक सहरमा एउटा आतशबाजीको गोदाममा विस्फोट हुँदा १० जनाको मृत्यु भएको थियो । गत वर्ष नै उत्तरी सहर चियाङ माईमा पटका कारखानामा विस्फोट हुँदा ११ जना घाइते भएका थिए ।