काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अफगानिस्तानविरुद्ध भारतको लगातार दोस्रो जित

4.66K
shares

भारतले जारी अफगानिस्तानविरुद्धको टी-२० सिरिज जितको छ । गएराती सम्पन्न दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएसँगै तीन खेलको सिरिजमा २-० ले अग्रता बनाउदै सिरिज जितेको हो ।

अफगानिस्तानले दिएको १७३ रनको लक्ष्य पछाएको भारतले १५.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा अलआउट हुदै १७२ रन बनाएको थियो ।

यस अघि भारतले सिरिजको पहिलो खेल पनि ६ विकेटले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुने तालिका रहेको छ ।