काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एप्पललाई पछि पार्दै माइक्रोसफ्ट बन्यो संसारकै सबैभन्दा मूल्यवान कम्पनी

5.29K
shares

विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी एप्पललाई झट्का लागेको छ र दोस्रो ठूलो कम्पनी माइक्रोसफट्ले अग्रता हासिल गरेको छ ।

माइक्रोसफ्टले एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा पहिलो स्थान कब्जा गर्न सफल भएको हो ।
पछिल्लो रिपोर्ट अनुसार माइक्रोसफ्टको शेयर मूलयमा १.६ प्रतिशत वृद्धि भएसँगै बिहीबार कम्पनीको कुल बजार मूल्य २.८७५ ट्रिलियन डलर पुगेको हो ।

उता एप्पल कम्पनीको शेयर मूल्यमा ०.९ प्रतिशतले गिरावट आएर बजार मूल्य भने २.८७१ ट्रिलियन डलर कायम भएको छ । अर्थात् एप्पलको तुलनामा ०.३ प्रतिशतले अग्रता हासिल गर्दै माइक्रोसफ्ट सन् २०२१ पहिलोपटक विश्वको सबैभनदा मूल्यवान कम्पनी बनेको हो । विज्ञका अनुसार यो वर्ष सन् २०२४ मा आइफोनको खराब सुरुवात सँगै एप्पलको पहिलो स्थान खस्किएको हो ।