यू-१९ अभ्यास खेल: स्टकल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
वि.सं.२०८० पुस २८ शनिवार १४:०८
shares

आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अभ्यास खेलमा आज स्कटल्याण्डको सामना गर्दै छ ।
दक्षिण अफ्रिकाको डोबसनभिल्ले क्रिकेट क्लबमा हुने यस खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो ।
नेपालले यसअघि खेलेका स्कटल्याण्ड र नामिबियासँगका अनौपचारिक अभ्यास खेल जितेको थियो । नेपालले यस पछि आगामी मंगलबार वेस्टइन्डिजसँग अभ्यास खेल खेल्ने तालिका रहेको छ ।
जनवरी १९ देखि शुरु हुने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ ।

























