global ime bank Long Banner Ad

गृहपृष्ठ जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७३ पुग्यो, १५ बेपत्ता

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७३ पुग्यो, १५ बेपत्ता

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७३ पुग्यो, १५ बेपत्ता

जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । भूकम्पले भत्किएका भवनको भग्नावशेषमा अझै धेरै मानिस फसेको आशंकामा उद्धारकर्मीले स्निफर कुकुरको सहयोगमा खोजीकार्य जारी राखेका छन् ।

अहिलेसम्म १५ जना आधिकारिक रूपमा बेपत्ता रहेको बताइएको छ । बुधबार इशिकावा प्रिफेक्चर र आसपासका क्षेत्रमा ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो ।

सोमबार दिउँसो गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि महसुस गरिएका परकम्पहरूमध्ये यो एक थियो । भूकम्पपछिको वर्षाले चिसो बढेको छ । जसका कारण घरबारविहीन भएका मानिसले प्रकृतिको प्रकोपको सामना गरिरहेका छन् ।

वर्षाका कारण धेरै ठाउँमा पहिरो खसेपछि उद्धारकर्मीलाई थप समस्या भइरहेको छ ।सोमबारको भूकम्पको केन्द्रविन्दु टोकियोबाट करिब ३०० किलोमिटर टाढा नोटो नजिक थियो ।

भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको थियो, जसका कारण केही ठाउँमा एक मिटरभन्दा अग्लो छालहरू निस्केका थिए । यस्तो विपद्मा विशेषगरी पहिलो ७२ घण्टा निकै महत्वपूर्ण हुने विज्ञहरू बताउँछन् ।

प्रकाशित समय : १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु