नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि जारी
वि.सं.२०८० पुस १२ बिहीवार ०९:११
shares

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ ।
आजको बैठक बिहान ११ बजे सुरु हुनेछ । हिजोदेखि ललितपुरमा सुरु भएको बैठकमा १५ जना सदस्यले विधान संशोधनका बारेमा आआफ्नो धारणा राखेका राखिसकेका छन् । आज बाँकी सदस्यले बोल्ने क्रम जारी रहने छ ।
विधानमाथि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो विधानमाथि टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुट्याइएको छ ।

























