काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनएसएलकाे विजेताले ७० लाख रुपैयाँ पाउने

5.12K
shares

दाेस्राे संस्करणकाे नेपाल सुपर लिग (एनएसएल) प्रतियाेगिताकाे विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएकाे छ ।

नेपाल स्पाेर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) का प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले आज बुधवार विज्ञप्ति निकालेर एनएसएल विजेताले पाउने पुरस्कार राशिकाे रकम दाेब्बरले बढाएर ७० लाख रुपैयाँ पुर्‍याइएकाे जानकारी दिए । पहिलाे संस्करणकाे विजेता काठमाण्डाै रेजर्सले ३५ लाख रुपैयाँ पाएकाे थियाे । यस्तै उपविजेताले २० लाख रुपैयाँ पाउने विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडीले २ लाख तथा सर्वाधिक गाेलकर्ता, उत्कृष्ट गाेलकिपर र उत्कृष्ट युवा खेलाडीलाई समान १ लाख रुपैयाँ दिइने एनएसईएमका प्रबन्ध निर्देशक कार्कीले बताए ।

दाेस्राे संस्करणकाे एनएसएलकाे फाइनल खेल आउँदाे शनिवार हुँदैछ । धनगढी एफसी फाइनलमा पुगिसकेकाे छ । फाइनलमा पुग्ने अर्काे टाेली बन्नका लागि भाेलि बिहीवार पाेखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दैछन् ।