nmb bank

गृहपृष्ठ कर्मचारी माथिको आक्रमणका दोषिलाई कारबाही गर्न महासंघको माग

कर्मचारी माथिको आक्रमणका दोषिलाई कारबाही गर्न महासंघको माग

कर्मचारी माथिको आक्रमणका दोषिलाई कारबाही गर्न महासंघको माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले नारायणी यातायात प्रालीका प्रतिनिधि माथि भएको आक्रमणका दोषिलाई कारबाही गर्न माग गरेको छ । महासंघले विज्ञप्ती जारी गरेर सवारी दुर्घटनामा परि मृत्यु भएको विषयमा प्रहरी चौकीमा पिडितका परिवारले नारायणी यातायात प्रालीका कर्मचारी रमेश कार्की माथि भएको आक्रमणको भत्सना गर्दै दोषिलाई कारबाही गर्नका लागि माग गरिएको हो ।

‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सदस्य प्रा. लि नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि.द्वारा संचालित ना. ८ ख ३५०१ नं. को सवारी साधन (ट्रक) ले मिती २०८० मंसिर २० गतेका दिन काठमाडौं बालाजु ढुङ्गेधारामा भवितव्यबस स्कुटरमा ठक्कर दिदा भएको दुर्घटनामा परि १ जनाको मृत्यु भएकोमा भवितव्यबस भएको दुर्घटनामा परि मृत्यु भएका व्यक्तिको आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं । भवितव्यबस भएको दुर्घटनाको बारेमा नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि.का कर्मचारी रमेश कार्की प्रतिनिधीको रुपमा स्थानीय प्रहरी प्रशाशनको आग्रहमा आवश्यक छलफल गर्नको लागी बालाजु बृतमा जादाँ मृतक पक्षका प्रतिनिधीहरुले अचानक सांघातिक आक्रमण गरि सख्त घाईते बनाएकोमा उक्त घटनाको यस महासंघ घोर भर्त्सना गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

दुर्घटना पश्चात छलफल गर्न जाने प्रतिनिधीको शान्ती सुरक्षा दिने निकाय भित्र नै आक्रमण हुनु निन्दनीय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । घशान्ती सुरक्षा दिने निकाय नै मुकदर्शक भएर बस्दा यस्ता भवितव्यबस हुने कैयौ दुर्घटनाको छलफलमा जाने व्यक्ति असुरक्षित हुने र नेपाल सरकारले शान्ती सुरक्षा समेत दिन नसक्दा शान्ती सुरक्षामा समेत प्रत्यक्ष असर पुग्न जाने विज्ञप्तीमा भनिएको छ ।

उक्त घटनाबाट घाईते भएका रमेश कार्कीको औषधी उपचार र सांघातिक आक्रमण गर्ने व्यक्तिलाई तत्काल कानुनी कारवाही गरि कानुनी राज्यको महशुश गराउन नेपाल सरकारसंग अनुरोध गर्दै उक्त सडक दुर्घघटनाबाट मृत्यु भएका व्यक्तिको क्षतीपूर्ती सम्बन्धित व्यक्तिको परिवारलाई नेपालको कानुन बमोजिम उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडी बढाई समस्या समाधान गर्न नेपाल सरकार समक्ष आग्रह गर्दछौँ भनिएको छ ।

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु