nmb bank

गृहपृष्ठ मेमोरी च्याम्पियन रियलमी सि ५१ अब छुट मुल्यमा

मेमोरी च्याम्पियन रियलमी सि ५१ अब छुट मुल्यमा

मेमोरी च्याम्पियन रियलमी सि ५१ अब छुट मुल्यमा

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको स्मार्टफोन रियलमी सि ५१ अब छुट मुल्यमा उपलब्ध भएको छ । पहिला १५,९९९ मा उपलब्ध यो रियलमी सी ५१ अहिले छुट मूल्य १४,९९९ मा उपलब्ध भएको हो ।

आकर्षक मुल्यमा अत्याधुनिक प्रविधी प्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई कायम राख्दै यस सि ५१ लाई छुट मूल्यमा उपलब्ध गराईएको कम्पनीले जानकारी दिएको छ ।

रियलमीका कन्ट्री हेड श्री मुनिश गिरिले भने “हामी सदैव हाम्रा ग्राहकहरुलाई नयाँ–नयाँ प्रविधिहरु आकर्षक मूल्यमा प्रदान गर्न प्रतिबद्ध छौँ । त्यही प्रतिबद्धतालाई कायम राख्दै हामीले रियलमी सि ५१ को मूल्यमा छुट प्रदान गरेका छौँ ।”

फास्टर चार्जिङ, बिगर स्टोरेज र क्लियर क्यामरा अब मात्र १४९९९ मा

यसमा आउने ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले रियलमी सि ५१ मात्र २८ मिनेटमा नै ०–५०% सम्म चार्ज हुनसक्छ । यस सुपरभोक चार्जरको मुख्य विशेषता भनेको फोन नातातिकनै चाँडो चार्ज हुन्छ । १२८ जिबीको स्टोरेज भएको यस रियलमी सि ५१ मा सबै एप, तस्बिर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस छ ।

४ जिबीको बिल्ट–इन ¥यामका साथै डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी ¥याम बढाउन पनि मिल्छ ।

५००० एमएएचको हेभी ब्याट्री पावरले ग्राहकहरुलाई दिनभर भिडियो हेर्न अथवा खेल खेल्न प्रशस्त पावर पनि हुन्छ । यसमा भएको ५० मेगापिक्सेल एआई क्यामराले असाधारण रुपमा आकर्षक तस्बिरहरू निकाल्दछ ।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु