काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नबिल बैंकले ३ अर्बको ऋणपत्र जारी गर्दै, समयावधि ७ वर्ष रहने

4.54K
shares

नबिल बैंकले  ठुलो ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले ९ प्रतिशत ब्याजमा ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो।

बैंकले मंसिर २९ देखि पुस ३ गतेसम्म ऋणपत्र बिक्री गर्ने छ। ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ नाम दिइएको ऋणपत्र कुल ३ अर्ब रुपैयाँको हुनेछ।

अंकित मूल्य १ हजार रुपैयाँ दरको ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरले बिक्री गरिने छ। बाँकी सर्वसाधारणका लागि छुट्याइएको छ।

देशभरका २६५ स्थानबाट कारोबार गर्दै आएको नबिल बैंक पहिलो विदेशी संयुक्त लगानीको बैंक हो। बैंकले पुँजी आवश्यकता पूर्तिका लागि ऋणपत्र जारी गर्न लागेको हो।

ऋणपत्रका लागि कम्तिमा २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। बजारको ब्याज दर घट्दो क्रममा रहेका बेला बैंकले ७ वर्षसम्म निरन्तर ९ प्रतिशत ब्याज दिने गरी ऋणपत्र जारी गरेको हो।