काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत लाभांश दिने

6.45K
shares

मितेरी डेभलपमेन्ट बैंकले १८औं बार्षिक साधारण सभा बोलाएको छ । बैंकले जेठ १४ गतेका लागि सभा बोलाएको हो । सभा प्रयोजनका लागि मंसिर २८ गतेखि पुस १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

मंसिर २७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनुका साथै सभामा भाग लिन पाउनेछन् ।

बैंकले गत आवको नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने भएको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।