काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल सुपर लिग : आज काठमाडौँ रेजर्स र एफसी चितवन भिड्ने

7.75K
shares

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आजबाट दोस्रो चरणको खेल हुँदैछ । आज साविक विजेता काठमाडौँ रेजर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा आज काठमाडौँ लगातार दोस्रो जित निकाल्ने योजनामा रहँदा एफसी चितवन पहिलो जितको खोजीमा हुनेछ ।

काठमाडौँले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो भने चितवन पोखरा थन्डर्ससँग पराजित भएको थियो ।

जारी लिगमा काठमाडौँले एक खेलबाट ३ अङ्क जोडेको छ भने चितवन अंकविहीन छ ।